स्पष्टिकरणको जवाफ दिन्नौं, सरकारमा सहभागी हुन्छौंः एमाले सांसद चौधरी काठमाडौं। नेकपा एमालेको माधव समूहका सांसद मेटमणि चौधरीले आफूहरू देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्। चौधरीकाअनुसार सरकारमा सहभागी हुने निश्चित भए पनि कहिले सहभागी हुने भन्ने टुंगो लागेको छैन्। स्पष्टीकरण सोध्ने पत्र नआएको र आए पनि त्यो दलको नभई ओली गुटको भएकाले जवाफ नदिने उनले बताए। सर्वोच्चले ह्विप नलाग्ने भनिसकेपछि स्पष्टीकरण र कारबाही कुनै अर्थ नरहेको उनको तर्क थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्