बामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार र कपोलकल्पितः सचिवालय काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने समाचारको उनको सचिवालयले खण्डन गरेको छ। मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जालमार्फत गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताए। उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधीक तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको जिकिर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्