काँग्रेसका १० नेताको विज्ञप्ति: क्रियाशील सदस्यता विवाद धर्ना र आमरण अनसनसम्म आइपुग्नु दुखद काठमाडौं। नेपाली कांग्रेसका संस्थापन इतर समूहका १० नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी समायोजनका नाममा जथाभाबी क्रियाशील सदस्यता वितरण नगर्न आग्रह गरेका छन्। केन्द्रीय सदस्यहरू गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, सरिता प्रसाईँ, रामकृष्ण यादव र किरण यादवले विज्ञप्ति निकाल्दै क्रियाशील सदस्यता विवाद धर्ना र आमरण अनसनसम्म आइपुग्नु दुखद भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्