पार्टी भित्रै रहने कि छुट्टै पार्टी गठन गर्ने, २/३ दिनमा टुंगो लाग्छः माधव पक्ष
काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरूको मंगलबार बसेको बैठकले पार्टी भित्रै रहने कि छुट्टै पार्टी गठन गर्ने भन्ने विषय २–३ दिनमै टुङ्ग्याउनु पर्ने निष्कर्ष निकालेको छ। बैठकले आगामी कदमबारे खाका तयार पार्न नेता माधवकुमार नेपाललाई जिम्मा दिने निर्णय गरेको छ। खाका तयार भएपछि पार्टीभित्रै बसेर संघर्ष गर्ने वा छुट्टै पार्टी बनाएर अघि बढ्ने टुंगो लाग्ने सांसद मेटमणि चौधरीले बताए।
प्रतिक्रिया दिनुहोस्