पार्टी फोड्नै परे अध्यादेशको सहारा लिँदैनौँ: एमाले सांसद चौधरी काठमाडौं। नेकपा एमाले माधव कुमार नेपाल पक्षका सांसद मेटमणि चौधरीले पार्टी फोड्नै परे अध्यादेशको सहारा नलिने बताएका छन्। आफ्नो समूहमा ३२ सांसद पुगेका र छिट्टै ५० पुग्ने दाबी गर्दै चौधरीले आवश्यक परे वैधानिक बाटोबाटै पार्टी विभाजन गर्न सक्ने शक्ति आफूहरूसँग रहेको बताए। चौधरीले भने, ‘ओली गुटको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अझै पत्र पठाउन किन सकेन? कुरा आफै बुझ्नुस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्