प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड अपनाउँदै इद मनाउन आग्रह
काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले संयमता, धैर्य, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्। उनले कोभिड–१९ संक्रमणलाई ध्यान दिँदै स्वास्थ्य मापदण्ड अपनाएर इद मनाउन अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्