माओवादीबाट यी चार नेता मन्त्री पदका लागि पठाइने काठमाडौं। नेकपा माओवादी केन्द्रले थप ४ जना मन्त्री पठाउने तयारी गरेको छ। माओवादीबाट हरिबोल गजुरेल, मातृका यादव, देवेन्द्र पौडेल र अञ्जना विसंखेलाई मन्त्री पदका लागि पठाउने तयारी भएको स्रोतले जनाएको छ। प्रचण्ड पक्ष र वरिष्ठताका आधारमा गजुरेल, मधेसबाट यादव, वरिष्ठमा पौडेल र दलित महिलाबाट बिशंखे पर्ने सम्भावना रहेको छ। यस अघि माओवादीबाटै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्