माधव नेपाल र भीम रावलबीचको भेटवार्ता सकियो काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीचको भेटवार्ता सकिएको छ। रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केही बेर अघि सकिएको हो। आफ्नो समूहको स्थायी कमिटीको बैठकमा अनुपस्थित भएपछि रावल भेट्न नेता नेपाल उनकै निवास पुगेका थिए। बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्