ओली सरकारका ऐतिहासिक उपलब्धि लिएर जनतामा जाने एमालेको निर्णय काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको उपलब्धि जनतामा पुर्‍याउने प्रस्ताव पारित गरेको छ। बैठकले ४१ महिने ओली सरकारले सङ्घीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, द्वन्द्वरत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको तथा कोभिड खोप सुनिश्चित गरेको ठहर गरेको छ। पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार यी उपलब्धि लिएर जनतामा जाने बैठकले निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्