एमालेको निर्णयः सशक्त प्रतिपक्षको भूमिका, पाइला–पाइलामा खबरदारी काठमाडौं। नेकपा एमालेले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई पाइला–पाइलामा खबरदारी गर्ने भएको छ। एमाले केन्द्रीय कमिटीको बुधवारको बैठकले पार्टीले प्रतिपक्षको रूपमा खेल्ने सशक्त भूमिकाहरूलाई सूत्रबद्ध बनाउने प्रस्ताव पारित गरेको हो। प्रतिपक्षको रूपमा संविधान, लोकतन्त्र र राष्ट्रिय अस्मिताको रक्षा प्रतिगमनविरुद्ध निरन्तर खबरदारी, जनमत अभिवृद्धि गर्ने गरी जनसरोकारको विषय सम्बोधन गर्ने प्रस्ताव बैठकमा पारित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्