कार्यकर्तालाई एमालेको अपिलः ढुक्क हुनुस्, हामी छिट्टै सरकारमा फर्किन्छौँ
काठमाडौं। नेकपा एमालेले पार्टी फेरी पुरानै ठाउँमा फर्किने भएकाले रत्तीभर निराश नभई पार्टीका पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेको छ। प्रवक्ता प्रदीप ज्ञवालीअनुसार एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीले छिट्टै कम ब्याक गर्ने र पुरानै ठाउँमा फर्किने भएकाले आत्मविश्वासका साथ अघि बढ्न अपिल गरेको हो। पार्टी छिट्टै बहुमतसहित सरकारमा आउनेमा विश्वस्त भई पार्टी निर्माणमा जुट्न अपिल गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्