असन्तुष्ट पक्षलाई एकतामा आउन अध्यक्ष ओलीको आग्रह
काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन्। उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म आफू प्रयासरत रहने बताए। सँगै सर्वोच्च अदालतले असार २८ मा गरेको फैसला संसदीय व्यवस्था अनुकुल नभएको उनको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्