अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन्। बुधवार साँझ बालुवाटार पुगेर उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्। सर्लाही–४ बाट निर्वाचित सिंहले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र नवप्रवेशीलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको प्रति असन्तुष्टि जनाउँदै आफूले राजीनामा दिएको बताए। “दुई दिनभित्र सदस्यता विवाद हल नभए सभामुखलाई बुझाउने छु”,सिंहले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्