एमसीसीविरुद्ध राजधानीमा अखिलको प्रदर्शन काठमाडौं। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा संगनठले एमसीसीसँगै सुगौली सन्धिलगायतका असमान सन्धी सम्झौताको विरुद्धमा पनि आवाज उठाएको छ। यसैगरी संगठनले माइतीघर मण्डलामा गरेको प्रर्दशनमा वैदेशिक हस्तपेपको विरुद्धमासमेत नाराबाजी गरेका थिए। उनीहरुले सम्पूर्ण वामपन्थी,प्रगतिशील,देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थीहरु एकजुट हुनुपर्ने भन्दै लिपुलेक कालापानीजस्ता नेपाली भूमि कुटनीतिक पहल गरेर तत्काल फिर्ता ल्याउनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्