ओली पक्षको युथफोर्सलाई काउन्टरः माधव नेपालले घोषणा गरे ‘पिपुल्स भोलेन्टियर’ काठमाडौं। नेकपा एमालेमा केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँत्याएसँगै माधव नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ। नेपाल पक्षनिकट युवासंघ नेपालले बिहीबार भक्तपुर सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा भव्य कार्यक्रम गरेर ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन्। जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र इन्चार्जमा सञ्जीव राई छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्