एमाले विवादमा नयाँ मोडः हिजो स्पष्टीकरण, आज आममाफी
काठमाडौं। बुधबार विपक्षीलाई मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिवार सांसदलाई आममाफी दिने बताएका छन्। यसअघि अघिल्लो दिन गद्दार घोषणा गरेका नेता माधवकुमार नेपाललाई भोलीपल्ट ओलीले अध्यक्ष बनाउने घोषणा गरेका थिए। आज पुष्पलाल श्रेष्ठको४३औं स्मृति दिवसमा बोल्दै ओलीले नेपाल पक्षलाई आममाफी दिँदै मिलेर पार्टीमा काम गर्न आह्वान गरेपछि एमाले विवादले नयाँ मोड लिएको हो।
प्रतिक्रिया दिनुहोस्