एमालेको ठहरः अदालतको फैसला पक्षपाती र आग्रहणपूर्ण काठमाडौं। नेकपा एमालेले सर्वोच्च अदालतको फैसला पक्षपाती र आग्रहणपूर्ण रहेको ठहर गरेको छ। चार दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठकले फैसलाबाट सिर्जित राजनीतिक विकृतिहरुको मूल्य नेपालको लोकतान्त्रीक प्रणालीले भविष्यमा लामो समयसम्म चुकाउनुपर्ने आशंका गरेको छ। बैठकले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने फैसलाप्रति आफ्नो९बुँदे दृष्टिकोणसहित विशेष प्रस्ताव पारित गरेको छ। बैठकले सत्तारुढ गठबन्धनलाई अवसरवादी र विभिन्न व्यक्तिका कुण्ठाहरुको संयोजन भएको आरोप लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्