चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँगै सिथिल बनेको चलचित्र क्षेत्रलाई अगाडी बढाउने आश्वासन दिएका छन्। उनले चलचित्रकर्मीसँगको भेटमा यस्तो बताएका हुन्। भेटमा कलाकारहरुले कोरोना महामारीका कारण यस क्षेत्रले भोगिरहेको समस्याको बारेमा समेत जानकारी गराएका थिए। यस्तै, उनीहरुले कलाकारहरुलाई छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न पनि माग गरेका छन्। जवाफमा प्रधानमन्त्री देउवाले कलाकर्मीलाई चाँडै खोपको व्यवस्था गर्ने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्