नेपालद्वारा चीनको हेनान प्रान्तमा बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं। नेपाल सरकारले चीनको हेनान प्रान्तमा हालै भारी वर्षापछि आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। “चीनको हेनान प्रान्तमा बाढीले हालै पुर्याएको जनजधनको क्षतिप्रति हामी दुःखी छौं। हामी चीन सरकार र चिनियाँ जनताप्रति समवेदना र घाइतहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौं,”परराष्ट्र मन्त्रालयले आज ट्वीटरमार्फत भनेको छ। हेनान प्रान्तमा आएको बाढीले हालसम्म३३ जनाको मृत्यु भएको छ भने८जना बेपत्ता छन्।
प्रतिक्रिया दिनुहोस्