भीम रावलले सांसद पदबाट दिएको राजीनामा लिए फिर्ता
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। उनले सभामुख अग्नि सापकोटासँग भेट गरेर राजीनामा फिर्ता लिएका हुन्। पार्टीभित्रकाे विवाद मिलाउन माधवकुमार नेपाल समूहबाट गठित कार्यदलका संयोजक समेत रहेका रावलले ३ साउनमा पदबाट राजीनामा दिएका थिए। उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन्।
प्रतिक्रिया दिनुहोस्