‘पहिलो पटक अदालतको परमादेशबाट प्रधानमन्त्री’
काठमाडौ.। नेकपा एमालेको नेता सुवाचन्द्र नेम्वाङले नेपाली राजनीतिको इतिहासमै पहिलोपटक अदालतबाट प्रधानमन्त्री चयन भएको बताएका छन्। उनले एमालेका तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिनेक्रममा यस्तो बताएका हुन्। भने, “अहिलेसम्मको स्थितीमा सँधै जनताको जनादेशका आधारमा प्रधानमन्त्री बने। यो पहिलोपटक हो, जहाँ अदालतको परमादेशमार्फत प्रधानमन्त्री चुनिएको छ।” उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनादेश प्राप्त नभएकाले सरकारमा नजाने बचन गरेपछि अहिले उनी प्रधानमन्त्री बनेको समेत बताए।
प्रतिक्रिया दिनुहोस्