संसदीय व्यवस्था नबदल्दासम्म भ्रष्टाचार हट्दैन: धर्मेन्द्र बास्तोला काठमाडौं। नेकपा (विप्लव)का सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालमा राजनीतिक परिवर्तन भए पनि अझैसम्म जनताको हातमा शासन नपुगेको बताएका छन्। ४४ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यी सबैको मूल कारण संसदीय भ्रष्ट व्यवस्था भएकाले जबसम्म यो व्यवस्था बदल्दैनौँ तबसम्म भ्रष्टाचार नरोकिने बताए। बास्तोलाले संसदीय व्यवस्थामा हरेक विषय मोलमोलाइमा तय हुने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्