साउन ३ मा ठूलो षड्यन्त्र हुनेवाला थियो, हामीले निस्तेज पार्यौं– माधव नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गएको साउन ३ गते पुनः संसद विघटन गर्ने ठूलो षड्यन्त्र हुन खोजेको खुलासा गरेका छन्। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने षड्यन्त्र आफूलगायत एमालेका २२ सांसदले निस्तेज पारिदिएको नेपालले बताए। पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै नेपालले संसद विघटन गर्ने कदम सही सावित गर्न विश्वासको मत पुग्न नदिने षडयन्त्र गरिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्