बाबुराम भट्टराईको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघको आपत्ति काठमाडौं। पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै भट्टराईको अभिव्यक्तिले हिन्दु धर्ममा आस्था राख्नेको विश्वासमाथि प्रहार गरेको भन्दै कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साउन ६ गते भट्टराईले ट्विटरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्रीले गंगा नदीमा दूध धारा अर्पण गरेको तस्बिर राख्दै विवादित टिप्पणी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्