संविधानमा त्रुटि नै त्रुटि भए, चाँडो संशोधनमा जाउँः राजेन्द्र लिंदेन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद राजेन्द्र लिंदेनले वर्तमान संविधानमा त्रुटि नै त्रुटि रहेकाले चाँडो संशोधनमा जानुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले संविधान संशोधन नभएसम्म राजनीतिक अस्थिरता रहिरहने भन्दै स्थायित्वका लागि संविधान संशोधन गरी प्रत्यक्ष प्रधानमन्त्री प्रणाली अवलम्बन गर्नुपर्ने बताए। लिंदेनले फेरी संसदमा अस्थिर राजनीतिको खेल सुरु भएकाले चिरकालसम्म जान नदिन संविधान संशोधनको विकल्प नरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्