विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता
काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए। भेटघाटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ। विप्लवले विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्