युथफोर्सलाई ईश्वर पोखरेलको निर्देशनः प्रतिवादका लागि तयार रहनुस्
काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान र जनमत लत्त्याउने प्रयास हुनसक्ने भन्दै त्यसको प्रतिवादका लागि तयार रहन युथफोर्सलाई निर्देशन दिएका छन्। एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथफोर्स भ्याली कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राज्यको संवैधानिक प्रक्रियालाई तोडमोड गर्न खोजिए, कानुनलाई मिचेर अघि बढ्न खोजिए त्यसको प्रतिवाद गर्नुपर्ने बताए। युथफोर्सले जनताले नरुचाएको काम नगर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्