काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा प्रतिवेदन बुझाउने काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आगामी मंगलबार बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ। समितिका संयोजक रमेश लेखकले अधिकांश ठाउँमा सर्वसम्मतिले निर्णय भएको र एकाध ठाउँको पनि छिट्टै टुङ्ग्याएर प्रतिवेदन सभापतिलाई बुझाउने बताए।। प्रतिवेदन सभापतिमार्फत केन्द्रीय समितिमा प्रस्तुत हुने र छलफलपछि संशोधित निर्वाचन कार्यपालिकाबारे निर्णय हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्