काँग्रेस–कम्युनिस्ट सरकारले जनतालाई भ्रष्टाचार र कुशासन मात्रै दिएः कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस– कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। काँग्रेस–कम्युनिस्टको अराजकताबाट जनता आजित भएकाले पछिल्लो समय जनता राप्रपातिर आकर्षित भइरहेको उनले बताए। आज काठमाडौँको क्षेत्र नं ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले मुलुकमा परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको बताए।
प्रतिक्रिया दिनुहोस्