सत्तारुढ गठबन्धनको बैठक सकियो, सरकारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। एक घण्टासम्म चलेको बैठकमा बैठकमा गठबन्धनलाई अझ मजबुत बनाउने, सरकारलाई अझ प्रभावकारी र जन पक्षीय बनाउने, कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको अध्यक्ष यादवले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्