टोकियो ओलम्पिकः विश्व नम्बर एक बार्टी पहिलो चरणमै हारिन् एजेन्सी। विश्व नम्बर एक एश बार्टी टोकियो ओलम्पिकमा महिला टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन्। अष्ट्रेलियाकी बार्टी स्पेनकी सारा सोर्रिबेस टोर्मोसँग ६–४, ६–३ को सोझो सेटमा हारेकी हुन्। २५ वर्षीया बार्टीले लन्डनमा विम्बल्डन टेनिसको उपाधि जितेर टोकियो गएकी थिइन्। २०१९ मा फ्रेन्स ओपनको उपाधि जितेकी बार्टीबाट अष्ट्रेलियाले स्वर्ण पदकको आशा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्