महन्थ ठाकुरको रिट निवेदन कुमार रेग्मीको ईजलासमा काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सो निवेदनमाथि सुनुवाई हुन लागेको हो। ठाकुरको निवेदनमाथिको सुनुवाई ईजलास नम्बर ९ को ८ रिटमध्ये अन्तिममा राखिएकाले आज पालो नआउने सम्भावना पनि देखिन्छ। केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद‘हेड काउन्ट’मार्फत साउन ११मा टुंग्याउने निर्णय लिएपछि सो निर्णयबिरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्