संसदीय समितिको बैठकमा माधव नेपाल सहभागी
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन्। आइतबार संसद पुनस्र्थापनापछि बसेको सचिवालयको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन्। बैठकमा बोल्दै नेपालले संसद पुनस्र्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। अब संसदलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो।
प्रतिक्रिया दिनुहोस्