जसपाको उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यहरूलाई रिसोर्टमा राखिएको छ। निर्वाचन आयोगले जसपाको आधिकारिता सम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय ३२ कार्यकारिणी सदस्यलाई एक दिन अगाडि नै ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा राखिएको हो।पार्टीका प्रचार–विभाग प्रमुख डम्बर खतिवडाले अहिले गोदावरीमा पार्टीका कार्यकारिणी सदस्यहरूसँग छलफल तथा प्रशिक्षण कार्यक्रम भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस्