स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै धारा ७६को उपधारा ९ बमोजिम श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ। राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हन्। उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालकसमेत हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्