निजी अस्पतालका लगानीकर्तालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मा
काठमाडौं। निजी अस्पतालमा लगानी बढाइरहेका उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। शिक्षा, जग्गा, बैंकलगायतका क्षेत्रसँगै कोरोना कालपछि स्वास्थ्य क्षेत्रमा समेत व्यापार सुरु गरेका उनी बालाजुको जनमैत्री अस्पताल र महेन्द्र नारायण निधी अस्पताल ट्रस्टको अध्यक्ष समेत हुन्। उच्च आय भएको वर्गलाई लक्षित गरेर हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारीमा रहेका श्रेष्ठलाई स्वार्थ बाझिने जिम्मेवारी दिइएको टिप्पणी हुन थालेको छ।
प्रतिक्रिया दिनुहोस्