संसदीय समितिमा नेता नेपाल र ओली पक्षका सांसदबीच भनाभन
काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाबीच भनाभन भएको छ। संसद् पुनर्स्थापनापछि बोलाइएको समितिको पहिलो बैठकमा रानाले संसद् र सरकार परमादेशबाट बनेकाले जनमतको कुरा नगर्न भने पनि नेपाल आक्रोशित भएका थिए। नेपालले रानालाई प्रतिगमनको मतियार बन्ने भए राजीनामा दिएर बाहिर जान आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्