आज पनि बस्दै नेपाल पक्षको बैठक
काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरमा बसिने बैठक कति बजे बस्ने भन्ने तय नभएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। पार्टी एकता कायम राख्ने सन्दर्भमा छलफल केन्द्रीत रहने पन्तको भनाई छ। हिजोको बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा छलफल भएको थियो भने एमाले एकताका लागि दबाब दिन सांसदहरुले जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस्