जसपामा ‘हेड काउन्ट’ हुँदै, आजै पार्टी विवाद टुंगो लाग्ने काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद आज टुंग्याउने भएको छ। आयोगले आज ११बजे पार्टीको आधिकारिकताबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदैछ। जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’मार्फत टुंग्याउन लागिएको हो। आयोगको निर्णय रोक्न अदालतमा मुद्दा परेपनि अन्तरिम आदेश जारी भएन। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार विवादको टुंगो आजै लाग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्