निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने काठमाडौं। निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने भएको छ। जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य चौधरीलाई सनाखत गर्न आयोगका पदाधिकारी केन्द्रिय कारागार डिल्लीबजार नै पुग्ने भएका हुन्। आयोगका पदाधिकारी पूर्वराजपाबाट निर्वाचित सांसदसमेत रहेका चौधरीको सनाखतका लागि सोमबार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीलाई जानकारी दिए।टिकापुर घटनाका कारण निलम्बनमा रहेका चौधरीले जसपाका महन्थ ठाकुर,उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्