महन्थ ठाकुरले दिएको निवेदन आयोगद्वारा अस्वीकृत, हेड काउन्ट प्रक्रिया जारी
काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ।सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपनि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जनाएको हो।यसअघि सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले आयोगमा निवेदन दिने निर्णय गरेको थियो।अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस्