आयोगमा हेड काउन्ट हुँदै, मनिष सुमनले छाडे ठाकुर समूह काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को विवादबारे निर्णय लिन केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट शुरु गरेपछि नेताहरुको कित्ता अदलबदल शुरु भएको छ। नेता मनिष सुमनलगायतका नेताहरु अध्यक्ष ठाकुर पक्ष छाडेर अर्का अध्यक्ष यादव पक्षमा लागेका छन्। मनिस सुमनले आफूले मूलधारको पार्टीको पक्षमा आयोगमा हस्ताक्षर सनाखत गरेको बताए। आयोगमा हेड काउन्टका लागि पुगेका उनले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्