पार्टीले आधिकारिता प्राप्त गरेपछि सरकारमा सहभागी हुन्छौं– महेन्द्र राय यादव काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिट्टै सहभागी हुने बताएका छन्। निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीले आधाकारिता प्राप्त गरेपछि सरकारमा सहभागी हुने बताएका हुन्। सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने भन्दै यादवले कति जना र को–को सहभागी हुने भन्ने यकिन नभएको बताए। आफूहरुले दलको आधिकारिता पाउने सुनिश्चित रहेको पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्