रविन्द्र मिश्रको प्रस्तावः संघीयता खारेज गर्दै धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं
काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपालको अखण्डताका लागि घातक रहेको भन्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन्। मिश्रले बहस र छलफलका लागि भन्दै सार्वजनिक गरेको दस्तावेजमा स्थानीय निकायलाई पुनर्सरचना र सुदृढ गर्न ती कुराहरु आवश्यक रहेको बताए। दस्तावेजमा संघीयतालाई थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भन्दै संघीयता प्रति जनताको मोहभंग हुँदै गएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्