जसपाको कार्यकारिणी समितिः यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६, तटस्थमा १ जना काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिमा अध्यक्षहरु महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्ष बढी बलियो देखिएको छ। सोमबार निर्वाचन आयोगमा पार्टी विवादबारे सनाखतका लागि उपस्थित भएका ५१ कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६जनाले समर्थन जनाएको आयोग स्रोतले जनाएको छ। कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन्। मत विभाजनबारे आयोगले भने आधिकारिक रुपमा केही खुलाएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्