७९ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि ७९ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद समाप्त भए स्वतः खारेज हुने गरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५६ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थाई दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्