विश्व बैंकको ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरूप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले राष्ट्र ऋण उठाउने पाँचौँ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्