आयोगले पार्टी फुटाइदियो, वैकल्पिक शक्ति बनेर उदाउँछौंः राजेन्द्र महतो
काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउँदैमा पार्टी नफुट्ने बताएका छन्। उनले भने, 'जनताले बनाएको पार्टी आयोगले कसरी फुटाउन सक्छ? पार्टीलाई आधिकारिकता पनि जनताले नै दिन्छन्।' महतोले आफूहरूले माग नगर्दा पनि आयोगले पार्टी फुटाइदिएको आरोप लगाए। पार्टी जनताको जनमतले निर्माण हुने भन्दै महतोले अब फेरी आफूहरू जनमतको बलमा वैकल्पिक राजनीतिक शक्ति बनेर उदाउने बताए।
प्रतिक्रिया दिनुहोस्