नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् : डा. केसी काठमाडौं। अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज खबरदारी पत्र पठाउँदै नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। उनले पत्रमा लेखेका छन्, “नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन्। नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्।”निजी अस्पतालका सञ्चालक मन्त्रालयको जिम्मेवारी दिनु निन्दनीय भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्