नारदमुनिमाथिको व्यवहार सिंगो थारुमाथिको शोषणको झल्को हो : गंगा चौधरी
काठमाडौं। नेकपा एमालेकी सांसद गंगा चौधरीले माधवकुमार नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारमुनी रानामाथि दुव्यवहार गरेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा उनले १०गते समितिभित्र भएको घटनालाई समस्त थारु समुदायको अपमानको रुपमा लिन सकिने उल्लेख गरिन्।“समान हैसियतको सांसदलाई निस्केर जा भन्ने? समितिमा अभिनायकवाद चरित्र प्रदर्शन भयो। बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो”उनले भनिन्।
प्रतिक्रिया दिनुहोस्